राजनीति

बझाङ उपनिर्वाचन : एमालेको अग्रता कायमै

इकागज |
बैशाख १६, २०८१ आइतबार १८:० बजे

काठमाडौँ- बझाङ प्रदेश सभा १ ‘क’ को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीको अग्रता कायमै रहेको छ ।

४२१५ मतमध्ये भण्डारीले १५९३ प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत पाएका छन् ।


नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ र एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ५९५ मत प्राप्त गरेका छन् ।


Author

थप समाचार
x