राजनीति

फाकफोकथुमको ३ वडा गणना : थेगिमलाई आफ्नै वडामा कम मत, तेस्रो स्थानका लागि घण्टी प्रतिष्पर्धामा

इकागज |
बैशाख १६, २०८१ आइतबार १८:१४ बजे

इलाम- फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को गणना सम्पन्न भएको छ ।  प्राप्त नतिजाअनुसार यहाँ कांग्रेसले लिड गरिरहेको छ । कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १ हजार ६५८ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा नेकपा एमाले रहेको छ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६३० मत प्राप्त गरेका छन् । यहाँ मतान्तर २८ को छ ।


तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम रहेका छन् । थेगिमको आफ्नै वडा नम्बर ३ हो । यहाँ १ हजार ३१४ मत खस्दा उनले ११७ मत मात्र प्राप्त गरेका छन् । तीन वडामा उनले ४३० मत प्राप्त गरेका छन् ।

चौथोमा रास्वपा उम्मेदवार मिलन लिम्बू छन् । उनले ३०८ मत पाएका छन् । 

हालसम्म ४४ मत बदर भएको छ । हालसम्म ४ हजार १५० मत गणना भएको छ ।


Author

थप समाचार
x