विश्व

स्वचालित विद्युतीय कार (इभी) बनाउने योजनाबाट पछि हट्यो एप्पल

इकागज |
फागुन १६, २०८० बुधबार १२:४ बजे

काठमाडौँ- अमेरिकी टेक्नोलोजी कम्पनी एप्पलले स्वचालित विद्युतीय कार (इभी) बनाउने योजनालाई स्थगित गरेको छ ।

स्वचालित विद्युतीय कार बनाउनका लागि खटिएका कर्मचारीलाई एप्पलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शाखामा पठाउने तयारी गरेको ब्लुमबर्ग न्यूजले जनाएको छ ।


एप्पलले सार्वजनिक रुपमा उक्त स्वचालित विद्युतीय कार बनाउने योजनाबारे सार्वजनिक रुपमा खासै जानकारी नगराएपनि त्यसका लागि २ हजार कर्मचार खटाएको थियो ।

बीबीसीले जनाएअनुसार विद्युतीय कारको परियोजनाका लागि एप्पलले करोडौ डलर खर्च गरिसकेको छ ।


Author

थप समाचार
x