राजनीति

बझाङमा कांग्रेस अघिअघि एमाले पछिपछि, कसले कति ल्याए मत ?

इकागज |
बैशाख १७, २०८१ सोमबार ९:० बजे

काठमाडौँ- प्रदेश सभाको बझाङ–१ (क) को मतगणनामा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । सुरुवाती मत गणनामा नेकपा एमालेले दोब्बर मतसहित अग्रता बनाएकोमा सोमबार बिहानदेखि कांग्रेसले अग्रता लिएको हो

कांग्रेसका अभिषेक सिंहले ८४०६ मत पाउँदा एमालेका दमनबहादुर भण्डारीले ८१६५ मतसहित  पाएका छन् । 


त्यस्तै नेकपा माओवादी केन्द्रका जनक बुढाले ३११३ मत पाएका छन् । एकीकृत समाजवादीका दिलबहादुर सिंहले २२६६ मत पाएका छन् । हाल मत गणना जारी छ ।


Author

थप समाचार
x