विश्व

भारतमा चट्याङबाट एक वर्षमा ९०७ जनाको मृत्यु

इकागज |
मंसिर २२, २०७९ बिहीबार ११:९ बजे

नयाँ दिल्ली - भारतले यस वर्ष गर्मीको लहर र चट्याङ जस्ता चरम मौसमी घटनाहरूमा ठूलो उछाल देखेको छ । चरम मौसमी घटनामा भएका मृत्यु तीन वर्ष यताकै उच्च बिन्दुमा पुगेको सरकारी तथ्यांकले देखाएको छ । बढ्दो मृत्युमा वैज्ञानिकहरूले जलवायु परिवर्तनलाई दोष दिएका छन् । 
चट्याङका कारण भारतमा यो वर्ष ९०७ जनाको मृत्यु भएको छ । 

यस वर्ष गत महिनासम्म गर्मीको लहर र चट्याङ जस्ता घटनाका कारण २ हजार १८३ जनाको मृत्यु भएको छ । यो संख्या सन् २०१९ (३,०१७ जनाको मृत्यु ) पछिको उच्च हो ।  भारतमा यो वर्ष भएका मृत्यु मध्ये ७८ प्रतिशत मृत्युमा चट्याङ, बाढी र भारी वर्षा जिम्मेवार रहेको तथ्यांकले देखाएको छ । 


भारतको मनसुन सिजनको तापक्रम यस शताब्दीमा बढेको  र देशले भविष्यमा लगातार गर्मीको लहरहरू देख्न सक्ने सरकारले अगस्टमा जानकारी दिएको थियो । भारत विश्वको तेस्रो ठूलो कार्बन प्रदूषक हो, यद्यपि यसको प्रतिव्यक्ति उत्सर्जन अन्य विकसित देशहरूको तुलनामा धेरै कम छ ।
 


Author

थप समाचार
x