विश्व

नाफामा गिरावट आएपछि टेस्लाले नयाँ मोडेलको कार ल्याउँदै

इकागज |
बैशाख १२, २०८१ बुधबार १२:१४ बजे

काठमाडौँ- नाफामा गिरावट आएपछि विद्युतीय कार निर्माता कम्पनी टेस्लाले नयाँ मोडेलको कार ल्याउने भएको छ ।

टेस्लाले नयाँ मोडेलको कारहरु ल्याउन लागेको बीबीसीले जनाएको हो ।


यस वर्ष कम्पनीको नाफामा भारी गिरावट आएछि टेस्लाले हजारौं कर्मचारी समेत कटौती गर्ने निर्णय समेत गरेको छ ।

टेस्लाले जनाएअनुसार सन् २०२४ को पहिलो तीन महिनामा कम्पनीले केवल १.१३ बिलियन अमेरिकी डलर आम्दानी गरेको छ । जबकी सन् २०२३ को पहिलो तीन महिनामा कम्पनीले २.५१ बिलियन डलर आम्दानी गरेको थियो ।

एलन मस्कको कम्पनी टेस्लाले टेक्सस र क्यालिफोर्नियाको कारखानाबाट ६ हजार कर्मचारी कटौती गर्ने जनाएको छ ।

टेस्लाको कारको मागमा भारी गिरावट आउनुका साथै चिनियाँ विद्युतीय कारसँग प्रतिस्पर्धा गर्न चुनौती भोगिरहेको बीबीसीले उल्लेख गरेको छ ।


Author

थप समाचार
x