पर्यटन

अस्ट्रेलियाकी पेपरले गरिन् बिनाअक्सिजन अन्नपूर्ण-१ हिमालको सफल आरोहण

इकागज |
बैशाख २, २०८१ आइतबार १६:५० बजे

काठमाडौँ- अस्ट्रेलियन पर्वतारोही एली पेपरले बिनाअक्सिजन विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छिन् । पेपरले उनका गाइड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आज (आइतबार) दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालमा पाइला टेकेको जानकारी दिइन् । पेपरले अन्नपूर्ण–१ को चुचुरोबाट देखिएको दृश्यका बारेमा सुनाइन् ।

उनले दुई वर्षभित्र विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य लिएकी छिन् । अन्नपूर्ण–१ हिमालको चुचुरोमा पाइला टेकेसँगै पेपरले आठ हजार मिटरभन्दा अग्ला तीन हिमालको सफलतापूर्वक आरोहण गर्न सफल भएकी छिन् ।


उनी यसपछि कञ्चनजङ्घा हिमालको आरोहण गर्ने योजनामा छिन् । त्यसपछि मकालु हिमालको आरोहण गर्ने उनको लक्ष्य छ ।


Author

थप समाचार
x