खेलकुद

शमी योर्कर फ्याक्नेमा प्रस्ट थिए : केएल राहुल

एजेन्सी |
कात्तिक ३, २०७७ सोमबार १५:४९ बजे

किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपीएल) मा आइतबार मुम्बई इन्डियन्सका बिरुध्द अप्रत्यासित जित दर्ता गर्दा हिरो बने, मोहम्मद शमी । दुवै टीमले १ सय ७६ रन बनाएपछि खेल सुपर ओभरमा धकेलियो । सुपर ओभरमा पन्जाबलाई जित लिाउन महत्वपूर्ण भूमिका निभाए, शमीले । जसले पहिलो सुपर ओभरमा छ वटा योर्कर फ्याक्दै खेललाई अर्को सुपर ओभरमा पुर्‍याए ।

खेलमा जित दर्ता गरेपछि पन्जाबका कप्तान के.एल राहुलले शमीको प्रशंसा गरे । ‘सुपर ओभरमा के हुन्छ भन्‍ने अनुमान गर्न सकिदैन । त्यसकारण त्यो अवस्थाका लागि कस्तो तयारी गर्ने भन्‍ने थाहा हुदैन । हामीले बलरलाई विश्‍वास गर्ने हो र उनीहरुलाई आफ्नो तरिकाले खेल्न दिने हो,’ राहुलले खेलपश्‍चात भने । 


‘छ वटा योर्कर फ्याक्ने भन्‍नेमा शमी एकदम नै प्रस्ट थिए । उनी प्रतिभाशाली बलर हुन भन्‍नेमा कुनै द्विविधा छैन । उनले प्रत्येक खेलमा राम्रो गर्दै आइरहेका छन् । टीमका सिनियर खेलाडीहरुले यसरी नै महत्वपूर्ण योगदान गर्दै गएभने हामी अकं थप्दै जानेछौ,’ राहुलले थपे ।

खेलमा म्यान अफ द म्याच चुनिएका राहुलले जित दर्ता गर्नु महत्वपूर्ण रहेको तर सधै यस्तो तरिकाले खेल्न नसकिने बताए । ‘सुपर ओभरमा जितेको यो पहिलो पटक होइन । तर हामी सबै खेल यो तरकाले खेल्न चाहदैँनौ । आफुले सोचेको तरिकाले सधै खेल्न सकिदैन । र यस्तो अवस्थामा टीमको प्रर्दशनलाई सन्तुलनमा राख्‍न पनि ग्राहो हुन्छ । सबै खेलाडीहरुले एकदम नै मेहेनत गरिरहेका छन् । पछिल्ला खेलहरुमा पनि हामीले नराम्रो खेलेको होइन । तर सोचेको जस्तो नतिजा आइरहेको थिएन,’ राहुलले भने । 

पन्जाबले लगातार दुई खेल जिते पनि त्यसले आफूहरुलाई उत्तेजित नबनाउने राहुलको भनाइ थियो । ‘हामी प्रत्येक खेललाई उत्तिके महत्व दिदै खेल्ने छौ । अब बाँकी सबै खेलहरुमा जित दर्ता गर्नुपर्ने बाध्यता छ । तर हामी मेहेनत गर्न तयार छौ,’ उनले भने ।   


Author

थप समाचार
x