खेलकुद

यूरो २०२४ फुटबलका लागि टिममा खेलाडीको संख्या बढाउने यूइएफएको योजना

इकागज |
चैत २७, २०८० मंगलबार ११:३ बजे

काठमाडौँ- यसै वर्ष जर्मनीमा आयोजना हुने युरोपियन च्याम्पियनसीपका लागि सहभागी टिममा खेलाडीको संख्या बढाउनेबारे यूइएफएले विचार गरिरहेको छ ।

बीबीसीले जनाएअनुसार जुन १४ देखि जुलाई १४ तारिखसम्म जर्मनीमा आयोजना हुने युरोपियन च्याम्पियनसीप फुटबलका लागि यूइएफएले टिममा खेलाडीको संख्या २६ पुर्‍याउनेबारे विचार गरिरहेको हो ।


सहभागी टिमको प्रशिक्षकसँगको छलफलपछि यूइएफएले टिममा खेलाडीको संख्या बढाउनेबारे विचार गरिरहेको हो । यसबारे केही समयपछि निर्णय लिइने यूइएफएले जनाएको छ ।

अहिले टिममा २३ खेलाडी समावेश गर्न पाउने व्यवस्था छ ।


Author

थप समाचार
x