खेलकुद

इन्टर मिलान 'सिरि ए' को उपाधिनजिक

इकागज |
चैत २७, २०८० मंगलबार १०:३२ बजे

काठमाडौँ- इन्टर मिलान इटालियन सिरि ए फुटबलको उपाधिनजिक पुगेको छ ।

सोमबार राति युडिनेसलाई २-१ गोलअन्तरले पराजित गर्दै इन्टर मिलान लिगको उपाधिनजिक पुगेको हो ।


युडिनेसमाथिको जितसँगै शीर्ष स्थानको इन्टर मिलानले ३१ खेलबाट ८२ अंक जोडेको छ । इन्टर मिलानले दोस्रो स्थानको एसी मिलानसँगको दूरी १४ अंकमा पुर्‍याएको छ । एसी मिलानको ३१ खेलमा ६८ अंक छ ।

सोमबार राति इन्टर मिलानलाई जित दिलाउन हकान काल्हानोग्लु र डेभिड फ्राटेसीले एक-एक गोल गरे । युडिनेसका लागि लाजर सामार्डिकले एक गोल फर्काए ।


Author

थप समाचार
x