खेलकुद

एनएसएल : पोखरा प्लेअफमा, इलामको जित

इकागज |
पुस ३, २०८० मंगलबार १९:२३ बजे

काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र स्पोर्टिङ इलामले जित हात पारेका छन् ।

मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा पोखराले बुटवल लुम्बिनीलाई १-० ले पराजित गर्यो । पोखराको जितमा मोसेस ग्याबाले विजयी गोल गरे ।  यससँगै पोखरा थन्डर्स एनएसएलको  शीर्ष स्थानमा उक्लिँदै प्लेअफमा स्थान सुरक्षित गरेको छ । 


पोखराले ७ खेलबाट १४ अंक जोडेको छ । उसले दोस्रो स्थानको धनगढीसँग २ अंकको अग्रता लिएको छ ।

बुटवल ७ अंकसहित तालिकाको सातौं स्थानमा झरेको छ ।

मंगलबार नै दशरथ रंगशालामा भएको पहिलो खेलमा स्पोर्टिङ इलामले ललितपुर सिटीलाई हरायो । इलामले ललितपुरलाई १–० गोल अन्तरले हराएको हो ।  इलामका लागि खेलको ५९ औँ मिनेटमा फाडे कामाराले विजयी गोल गरे । 

जारी लिगमा ललितपुर सिटी एफसीको यो पहिलो हार हो । 

यससँगै ललितपुर ७ खेलबाट १० अंकसहित तालिकाको तेस्रो स्थानमा यथावत् रह्यो । इलामले ८ खेलबाट ८ अंक जोडेर तालिकाको पाँचौं स्थानमा उक्लियो ।


Author

थप समाचार
x