खेलकुद

टी-ट्वान्टी सिरिजः नेपालले दियो मलेसियालाई ९७ रनको चुनौती

इकागज |
जेठ २०, २०८० शनिबार १०:१० बजे

काठमाडौँ- पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको चौँथो खेलमा नेपालले घरेलु टोली मलेसियालाई ९७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९६ रन जोड्यो ।

नेपालका लागि इन्दु बर्माले ३१ बलमा ३ चौकाको मदतमा सर्वाधिक ३२ रन जोडिन् । सम्झना खड्काले ८, काजल श्रेष्ठले ६, सिता राना मगरले ५ तथा ज्योती पाण्डेले १ रन जोड्दा कप्तान रुविना क्षेत्री शून्य रनमा आउट भए ।


विन्दु रावलले २४ तथा कविता कुँवरले १२ रनको योगदान गरे । मलेसियाका लागि विनिफ्रेड एन्नेले सर्वाधिक ३ तथा महिरन इस्माइल र आस्या इलिसाले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x