समाज

सडक बनाउँदा धुलो उडेपछि स्थानीय आन्दोलित

सुनीता साखकर्मी |
फागुन १३, २०७७ बिहीबार ११:३१ बजे

काठमाडौँ : जर्सिङ्पौवाबाट मेलम्ची जाने बाटोमै पर्छ, पाङ्ग्रेबाँस, चापाबोट । काठमाडौंको शङ्खरापुर नगरपालिका–१ मा रहेको यी ठाउँ बिहीाबार बिहानैदेखि तनाव ग्रस्त छ । सडक बढाउने क्रममा धुलो उडेर हिड्न समस्या भएपछि बाध्य भएर स्थानीयले बाटो बन्द गरेका छन् ।

स्थानीय ३६ बर्षका बिदुर तामाङका अनुसार धुलोले समस्या हुन थालेको १५ दिन भन्दा बढी भइसकेको छ । पाँच दिनदेखी स्थानीयले जनप्रतिनिधिलाई सडकमा पानी छर्किन आग्रह गरेका थिए । तर त्यो पूरा नभएपछि सडक बन्द गरेको उनले बताए । 


स्थानीय शङ्खर दङ्गालका अनुसार सडक छेउछाउका बासिन्दा मारमा परिरहेका छन् । जनप्रतिनिधिले गर्छु–गर्छु भनेर काम समयमा पूरा नगरेपछि बाध्य भएर सडक बन्द गर्नु परेको उनको भनाई छ । 

वडाध्यक्ष श्याममणि ढुङ्गानाका अनुसार काम गर्दा पानी हाल्न नसकिने भएपछि स्थानीयले झन अवरोध गरेको बताउँछन् । ‘धुलो उड्छ भनेर नबनाउ भने बाटो बनाएन भन्छनन’ उनले भने, ‘बनाए धुलो भो भन्छन् । जे गर्न नि गाह्रो ।’ बाटो बनाउँदै गर्दा पानी हाल्दा बाटो बनाउन समस्या हुने भएकाले धुलो बढी उडेको उनको भनाई छ । 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x