समाज

यार्सागुम्बा र च्याउसहित दुई जना पक्राउ

इकागज |
बैशाख १३, २०८१ बिहीबार १९:८ बजे

काठमाडौँ- सिन्धुपाल्चोक​को बाह्रबिसेबाट यार्सागुम्बा र ढ्याङ्ग्रो च्याउसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा न. ०५ बस्ने वर्ष २६ का वाङ्गेल तामाङ र वर्ष २४ का पासाङ नुर्पु तामाङ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार उनीहरूको साथबाट यार्सागुम्बा- १०७० (तौल २०३.४३० ग्राम) वटा र साना ठूला गरी जम्मा ७३ (तौल ६६६.९२० ग्राम ) वटा ढ्याङ्ग्रो च्याउ फेला पारी बरामद गरिएको छ ।


जिल्लाको बाह्रबिसे न.पा ०३, खुर्सानीबारीस्थित प्रहरी चेक पोष्टमा बिहीबार सवारी साधन चेक जाँच गर्ने क्रममा तातोपानीबाट बाह्रविसेतर्फ आउँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल पछाडि सवार नुर्पुले बोकेको झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा यार्सागुम्बा र ढ्याङ्ग्रो च्याउ फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ । सामान र मोटरसाइकलसहित पक्राउ परेका दुई जनालाई डिभिजन वन कार्यालय चौतारा सिन्धुपाल्चोक पठाइएको छ ।


Author

थप समाचार
x