समाज

कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ

इकागज |
बैशाख १३, २०८१ बिहीबार १४:४२ बजे

सल्यान- सल्यानको कुमाख गाउँपालिका-६ बस्ने वर्ष २१ को बिकास वलीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा सोही गाउँपालिका-५ कौचे बस्ने मानसिंह कुमाई लगायत ११ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

सोही नगरपालिका-५ कौचेस्थित मंगलबार राति विवाहको भोज खाई फर्कने क्रममा मानसिंह लगायतका व्यक्तिहरूको समूहले बिकास वली समेत ३ जनालाई कुटपिट गर्दा गम्भीर घाइते भएका वलीको मिशन अस्पताल चौरजहारी हुँदै नर्सिङ होम​ नेपालगन्ज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।


साथै कुटपिटबाट घाइते भएका १ जना मिशन अस्पताल चौरजहारीमा उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जनाको नर्सिङ होममा उपचार भइरहेको छ । अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।


Author

थप समाचार
x