समाज

हुम्लाको चंखेलीका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा दायर

इकागज |
बैशाख १३, २०८१ बिहीबार १४:१५ बजे

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारले निमित्त प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट इन्जिनियर हर्कधन बुढाले सडक निर्माणको कामको क्रममा काम भएको भन्दा बढी मूल्यांकन गरी २ लाख २२ हजार ५०३ भुक्तानी लिएको आरोप लगाएको छ ।


साथै अख्तियारले उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी र कोषाध्यक्ष पुनी ऐडी तथा चंखेली गाउँपालिका वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष सालिग्राम ऐडीलाई समेत यस प्रकरणमा आरोपी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


Author

थप समाचार
x