समाज

रुसी सेनामा रहेका नेपालीलाई फिर्ता ल्याऊ भन्दै सिंहदरबार अगाडि विरोध प्रदर्शन

इकागज |
बैशाख ६, २०८१ बिहीबार ११:४४ बजे

काठमाडौँ- रुस–युक्रेन युद्धमा क्रममा मृत्यु तथा घाइते नेपाली युवाका परिवारहरूले बिहीबार सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरेका छन् ।

युद्धमा घाइते नेपालीको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने लगायतका माग राख्दै उनीहरूले सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए । उनीहरूले प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरीले केहीलाई पक्राउ गरेको थियो । उनीहरूले विभिन्न प्लेकार्ड बोकेर उनीहरूले नाराबाजी समेत गरेका थिए ।


रुसी सेनामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनुपर्ने, बन्दी बनाइएको रिहाइको पहल गर्दै उनीहरूले लगातार सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । 


Author

थप समाचार
x