समाज

वाइडबडी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा दायर

इकागज |
चैत २२, २०८० बिहीबार १५:१७ बजे

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको  छ ।

बिहीबार अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगत कंसाकर, पूर्व पर्यटन सचिव शंकर अधिकारीलगायत ३२ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो । 


वाइडबडी जहाज खरिद प्रकरणमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।
 


Author

थप समाचार
x