समाज

वैदेशिक रोजगार विभाग ताहाचलका लेखापाल निरौलाविरुद्ध मुद्दा दायर

इकागज |
चैत १९, २०८० सोमबार १६:४ बजे

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ । 

निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १५ हजार घुस लिएको अवस्थामा पक्राउ परेका थिए । 


अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर अनुसार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको जनाएको छ ।


Author

थप समाचार
x