समाज

काठमाडौँमा सवारी दुर्घटना, एक जनाको मृत्यु

इकागज |
चैत ३, २०८० शनिबार १७:१५ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका-५ नयाँबस्ती क्लब नजिक सडकमा बा३३प १४९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा मोटरसाइकलमा सवार कागेश्‍वरी मनोहरा नगरपालिका-८ गोठाटार बस्ने ३० वर्षीय गोपाल सुनार रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । 



Author

थप समाचार
x