समाज

अमेरिका पठाएर साढे ७ लाख रुपैयाँ तलब हुने भन्दै ठगी गर्ने पक्राउ

इकागज |
फागुन ११, २०८० शुक्रबार १७:४४ बजे

काठमाडौँ- प्रहरीले अमेरिका पठाउने आश्वासन दिएर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–४, दिव्यनगरका २८ वर्षीय राजन पन्त रहेका छन् ।

प्रहरीका अनुसार पन्तले अमरबहादुर पुन मगरलाई ६० लाख रुपैयाँ लागतमा वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने आश्वासन दिएका थिए । उनले अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिने र मासिक सात लाख ५० हजार रुपैयाँ तलब हुने बताएका थिए ।


पुनबाट उनले पटकपटक गरी १० लाख रुपैयाँ लिएको र त्यसपछि उनी फरार रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकरी दिए ।

कार्यालयले उनलाई नवलपरासी प्रहरीसँग समन्वय गरेर बिहीबार बर्दघाटबाट पक्राउ गरेको हो ।  थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x