दल

पार्टीका लागि पद महत्वपूर्ण नभए पनि सत्तासमीकरणमा सम्मानजनक व्यवहार हुनुपर्छ : माधव नेपाल

इकागज |
बैशाख १७, २०८१ सोमबार १४:२१ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका लागि पद महत्वपूर्ण नभएपनि सत्तासमीकरणमा सम्मानजनक व्यवहार हुनुपर्ने बताएका छन् ।

अखिल नेपाल महिला संघ (समाजवादी), काठमाडौँ जिल्ला कमिटीले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रत्येक पार्टीको आ-आफ्नो मर्यादा, सम्मान, स्वाभिमान र चाहना हुने भएकाले सबैलाई राम्रोसँग सन्तुलन गर्दै अघि बढ्नुपर्ने बताए । उनले आफूहरूले अहिले उचित व्यवस्थापन र सम्मान मात्रै खोजेको धारणा राखे ।


समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्ने गरेको उनले जिकिर गरे । त्यस्तै उनले चार दल सम्मिलित समाजवादी मोर्चा बनेको र जिल्ला तहको कार्यक्रम गर्ने तयारी भएको जानकारी दिँदै मोर्चामा आउन चाहनेलाई स्वागत गर्ने र आउन नचाहनेलाई पनि गाली नगर्ने धारणा राखे ।​

नेपालले मुलुकको राजनीतिलाई सही दिशामा लैजान गम्भीरतापूर्वक आवश्यक भूमिका निर्वाह गर्ने जिकिर गरे ।


Author

थप समाचार
x