समाज

बरहथवा घटना

स्थानीय प्रशासन र प्रदर्शनकारीबीच ११ बुँदे सहमति

इकागज |
पुस २२, २०८० आइतबार २०:३३ बजे

मलङ्गवा- सर्लाहीको बरहथवा घटनामा स्थानीय प्रशासन र प्रदर्शनकारीबीच ११ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय मलङ्गवामा भएको सहमतिअनुसार अब बरहथवास्थित नगर अस्पताल यसअघि नगर कार्यपालिकाको निर्णयबमोजिम मधेश सरकारलाई हस्तान्तरण गरिनेछ । 

अस्पताललाई स्तरोन्नति गरेर ५० शय्याको बनाइने छ भने प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका जयशङ्कर साहको नाममा अस्पतालको नामकरण गरिने र नगरपालिकाले मृतकको परिवारलाई रोजगारी प्रदान गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए । 


प्रदर्शनरत पक्ष र स्थानीय प्रशासनसँग ११ बुँदे सहमति भएसँगै आन्दोलनका सबै कार्यक्रम तत्काल रोक्न आन्दोलनरत समूह सहमत भएको छ ।


Author

थप समाचार
x