समाज

बझाङ दुर्घटना अपडेट : मन्त्रीसहित पाँच जना गम्भीर घाइते

दीपक उपाध्याय |
असार ५, २०८० मंगलबार १५:२३ बजे

कैलाली- बझाङमा सुदूरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा पर्दा त्यसमा सवार मन्त्रीसहित पाँच जना घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खस्दा गाडीमा सवार मन्त्री सिंह, श्रीमती अमृता सिंह, भाउजू जयादेवी सिंह, पिएसओ दिपेन्द्र भण्डारी गम्भीर घाइते भएका छन् ।


सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्याम चौधरीले घाइते मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको बताए । 

घाइते मध्ये चालक धर्मराज जोशी मात्रै होसमा रहेको बताउँदै एसपी चौधरीले गम्भीर घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत बाहिर लैजानका लागि पहल भइरहेको बताए ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x