समाज

बझाङमा सुदूरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटना

दीपक उपाध्याय |
असार ५, २०८० मंगलबार १४:४४ बजे

कैलाली- बझाङमा सुदूरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ । 

सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको डडेल्धुरा बाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो । 


दुर्घटनामा परि मन्त्री सिंहसहित चार जना घाइते भएका छन् । खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x