राजनीति

इलाम- २ : यी हुन् २७७७२ मतदेखि ४ मत ल्याउनेहरू

इकागज |
बैशाख १८, २०८१ मंगलबार ७:२७ बजे

काठमाडौँ- इलाम- २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन् । 


त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बुले ५०५० मत प्राप्त गरेका छन् ।

त्यस्तै राप्रपाका उम्मेदवारले ४०४ मत पाएका छन् । एकिकृत समाजवादीका उम्मेदवारले ४०८ मत पाएका छन् ।

लाउड स्पिकर चुनाव चिन्हले ११८, मादल चुनाव चिन्हले ३३, कुखुराको भाले चुनाव चिन्हले ८१६, तीर चुनाव चिन्हले ४३, गोरूगाडाको चक्का पाङंग्रो चुनाव चिन्हले २०६, उडिरहेको माहुरी चुनाव चिन्हले ३६, षट्‌कोण चुनाव चिन्हले ४३, डोजर चुनाव चिन्हले ५५, महिला चुनाव चिन्हले १४, सिरिन्ज चुनाव चिन्हले २१, माछा चुनाव चिन्हले १२, कैंची चुनाव चिन्हले ४ र जुँगासहितको अनुहार चुनाव चिन्हले ३८ मत पाएका छन् । 

कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम-२ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो, जसमा ६८ हजार ४७२ मत सदर भएको आयोगले जनाएको छ । 


Author

थप समाचार
x