सूचना-प्रवधि

इन्ड्राइभ बन्‍यो विश्‍वमा धेरै डाउनलोड गरिएको दोस्रो राइड-हेलिङ एप

इकागज |
माघ १८, २०८० बिहीबार १२:३१ बजे

काठमाडौँ- इन्ड्राइभ ४६ देशहरूमा सञ्‍चालित ग्लोबल मोबिलिटी र शहरी सेवा प्लेटफर्म सन् २०२३ मा विश्वको सबैभन्दा धेरै डाउनलोड गरिएको दोस्रो राइड–हेलिङ एप बनेको छ । डाटा डट एआईको अनुसार इन्ड्राइभ लगातार दोस्रो वर्ष पनि यो स्थानमा रहेको हो ।

यसको साथै इन्ड्राइभ ट्राभल क्याटेगोरी अन्तर्गत विश्वभरि सबैभन्दा धेरै डाउनलोड गरिएको चौथो एपको रूपमा र्‍यांक गर्न सफल भएको छ । गुगल प्ले र एप स्टोर डाटा (चीनमा आईओएस मात्र) अनुसार २०२३ मा इन्ड्राइभ कुल ६६.६ मिलियन पटक डाउनलोड भएको हो ।


इन्ड्राइभले आफ्नो मुख्य सेवा राइड सेयरिङ अफरलाई विभिन्‍न देशहरूमा विस्तार गर्दै हालै कुरियर डेलिभरी जस्ता नयाँ सेवाहरू पनि थप्दै गएको छ । नेपालमा इन्ड्राइभ सन् २०२२ देखि सञ्चालन भइरहेको छ । सन् २०२३ मा इन्ड्राइभले अमेरिकाको मायामी र दक्षिण फ्लोरिडासहित धेरै नयाँ स्थानहरूमा आफ्नो सेवाहरू सुरू गरेको थियो ।

आफ्नो नयाँ पियर–टु–पियर मूल्य निर्धारण मोडेलको लाभ उठाउँदै एवम् तिव्र रुपमा विकास गर्दै इन्ड्राइभ यात्रुहरूका लागि किफायती आवतजावतको विकल्प र चालकहरूका लागि उचित आम्दानीका अवसरहरू सिर्जना गर्न मद्दत गर्दै  विश्वव्यापी रूपमा सामाजिक अन्यायलाई चुनौती दिने आफ्नो सुपर मिशन प्राप्त गर्न प्रतिबद्ध रहेको जनाएको छ । यसका साथै कम्पनीले उत्सर्जन घटाउने प्रयासमा विभिन्न क्षेत्रहरूमा विद्युतीय सवारीसाधनहरू थप्न थालेको बताएको छ ।

'इन्ड्राइभले विश्वव्यापी रूपमा सबैभन्दा धेरै डाउनलोड गरिएको दोस्रो राइड–हेलिङ एपको रूपमा आफ्नो स्थान कायम राखेको छ । यसमा हामी अत्यन्तै खुशी छौँ । यो श्रेय हाम्रो टोलीको अथक प्रयास र हाम्रा प्रयोगकर्ताहरूले हामी माथि गर्नुभएको विश्वासको प्रमाण हो । इन्ड्राइभमा हाम्रो सुपर मिशन भनेको सामाजिक अन्यायलाई चुनौती दिनु हो' इन्ड्राइभका संस्थापक र सीईओ आर्सेन टम्स्कीले भने 'र हामी उचित मूल्यमा भरपर्दो मोबिलिटी सर्भिसहरू उपलब्ध गराउन र हामी हाम्रा समुदायका मानिसहरूका लागि अर्थपूर्ण आम्दानीका अवसरहरू सिर्जना गर्न प्रतिबद्ध छौँ, र हामीले यो कोसेढुङ्गा मनाइरहँदा इन्ड्राइभको सफलतालाई डाउनलोडको सङ्ख्याबाट मात्र नभई समुदाय र विश्वमा हामीले पार्न सकेको प्रभावबाट मापन गर्छौँ भन्ने कुरा पनि व्यक्त गर्न चाहन्छु ।'

डाटा डट एआईका अनुसार इन्ड्राइभ पाकिस्तान, कोलम्बिया, इजिप्ट, पेरु र मोरक्कोसहित १३ देशहरूमा सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एप पनि हो ।


Author

थप समाचार
x