सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री शाही पदमुक्त

इकागज |
फागुन २४, २०८० बिहीबार २०:३३ बजे

कैलाली- सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीलाई आज पदमुक्त गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक मामिला मन्त्री शाहीलाई पदमुक्त गरेका हुन् । शाही नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट प्रदेशको आर्थिक मामिला मन्त्री भएका थिए । केन्द्रमा भएको सत्तासमीकरणको परिवर्तनसँगै सुदूरपश्चिम प्रदेश सरकारमा यसअघि सहभागी माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्रीलाई पनि केही दिनअघि मात्रै पदमुक्त गरिएको थियो ।


यससँगै अब प्रदेश सरकारमा नेपाली कांग्रेसका मुख्यमन्त्री र दुई मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीका एक मन्त्री र एक राज्यमन्त्री रहेका छन् । सुदूरपश्चिम प्रदेशको ५३ सदस्यीय प्रदेशसभामा हाल ५२ जना सांसद छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि शाह सरकार अल्पमतमा परेको छ ।


Author

थप समाचार
x