अर्थ / बाणिज्य

आज सुन प्रतितोला कतिमा कारोबार भइरहेको छ ?

इकागज |
बैशाख १६, २०८१ आइतबार ११:५४ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ - साताको पहिलो  दिन आइतबार सुनको  मूल्य वृद्धि भएको छ । सुन तोलामा ४ सयले बढेर १ लाख ३७ हजार ६०० रुपैयाँ कारोबार भइरहेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ६०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।


अघिल्लो दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १५ रूपैयाँले बढेर १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ ।


Author

थप समाचार
x