पर्यटन

पर्यटन बोर्डलाई चलायमान बनाउन नीतिगत सुधार जरुरी : सचिव पाण्डेय

इकागज |
बैशाख २८, २०८१ शुक्रबार १९:१ बजे

 काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेले नेपाल पर्यटन बोर्डलाई चलायमान बनाउन नीतिगत सुधार जरुरी रहेको बताएका छन्।

बोर्डका अध्यक्षसमेत रहेका सचिव पाण्डेयले बोर्डलाई चलायमान बनाउन आवश्यक नीतिगत निर्णय गर्न आफू सधैं सकारात्मक रहेको जानकारी दिए । बोर्डले आज आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै सचिव पाण्डेयले पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी बजेटको तयारीमा लाग्न पनि बोर्डलाई निर्देशन दिए । 


पर्यटन बोर्ड सार्वजनिक निजी साझेदारीको उत्कृष्ट नमूना भएको उल्लेख गर्दै उहाँले बोर्ड गठन गर्दाको उद्देश्य अनुरूप काम गर्न सके नेपालको पर्यटन प्रवद्र्धन गर्न सकिने धारणा राखे ।

 बोर्डका बोर्डका कार्यकारी सदस्य ऋषि भण्डारीले पर्यटन चलायमान बनाउन आवश्यक नीतिगत सहजीकरण तथा सरोकारवालाबीच सहकार्य आवश्यक भएको उल्लेख गरे । उनले बोर्डलाई चलायमान बनाउन सचिवले पहल गर्नुपर्ने र त्यसमा निजी क्षेत्रकोतर्फबाट सधैसाथ सहयोग रहने बताए । 

बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले बोर्डलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न आवश्यक नीतिगत सुधारको लागि मन्त्रालयबाट सहजीकरण हुने विश्वास व्यक्त गरे । सो अवसरमा बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पर्यटन बोर्डको समग्र गतिविधिबारे प्रस्तुतीकरण दिएका थिए । 


Author

थप समाचार
x