कर्णाली

सांसद पद र पार्टी छाडेका विष्ट भन्छन्–पदका लागि राजीनामा दिएको होइन

लक्ष्मी भण्डारी |
फागुन २८, २०७८ शनिबार १९:४ बजे

सुर्खेत– नेकपा (माओवादी केन्द) बाट कर्णाली प्रदेश सभा सदस्यसमेत रहेका ठम्मर विष्टले सांसद पद सहित पार्टीबाट राजीनामा दिएको घोषणा गरेपछि पार्टीभित्र तरंग पैदा भएको छ। पार्टीले गरेको एमसीसीको समर्थन र कर्णाली सरकारले चालेका कदमको कारण राजीनामा बुझाएको विष्टले बताए। ‘मैले पदको लाभको लागि राजीनामा दिएको होइन’ उनले इकागजसँग भने, ‘पाएको सुविधा पनि छोडेको छु त्यसैले पद र सुविधाको माया छैन ।’

पार्टीका अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड) सुर्खेत आएकै दिन सांसद विष्टले पार्टी छोडेको घोषणा गरेका हुन् । कर्णाली प्रदेश सभामा माओवादी केन्द्रका प्रमुख संचेतकसमेत रहेका विष्टले संयोग मिलाएर पार्टीमा नबस्ने निर्णय लिएको जानकारी दिए। ‘मैले पार्टी र सांसद पदबाट राजीनामा दिएको छु, तत्कालै अब अर्को पार्टी प्रवेश गर्ने भन्ने विषयमा निर्णय लिएको छैन्’  उनले भने, ‘सांसद पदमा रहँदा नागरिकका आवाजहरु संसदमा उठाए र सरकारका कामहरुको पनि टिका टिप्पणी गरे अब पदमा नरहेरै पनि यी आवाज उठाउँछु ।’


पछिल्लो समय राजनीतिमा खरो विषयमा आवज उठाउने र टिप्पणी गर्ने सँगै वौद्धिक छवि र राम्रो जनमत समेत बनाएका विष्टको पार्टी छोड्ने घोषणाले पार्टी भित्र तरंग पैदा भएको छ । 

कर्णालीमा माओवादी केन्द्रबाट सांसद हुँदा–हुँदै पनि गैर–सांसद छिरिङ डम्डुल लामा (कार्चेन) लाई मन्त्री बनाएको विषयमा उनको चर्को असन्तुष्टि जनाएका थिए भने पार्टीले एमसीसी विषयमा गरेको सर्मथन प्रति विरोधमा थिए ।


 


Author

थप समाचार
x