कर्णाली

कर्णालीमा सरकार गठनको आज अन्तिम दिन, एमालेका कँडेलले मुख्यमन्त्रीमा दाबी गर्ने

इकागज |
चैत २७, २०८० मंगलबार ९:१३ बजे

फाइल तस्बिर

सुर्खेत- कर्णाली प्रदेशमा आज नयाँ सरकारका लागि दरखास्त दिइँदैछ । 

कर्णाली प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिने भएपछि नयाँ सरकार गठन प्रक्रिया सुरू हुन लागेको हो ।


नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले गत चैत २१ गते राजीनामा दिएपछि कर्णालीमा मुख्यमन्त्री पद रिक्त अवस्थामा पुगेको छ । 

प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५:५० बजेभित्र समय दिएका छन् ।

प्रदेश प्रमुख परियारले दिएको समयसीमा अनुसार नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेललाई मुख्यमन्त्री दावी गर्दैछन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा नयाँ सरकार गठनका लागि २१ जना प्रदेश सभा सदस्यको समर्थन आवाश्यक पर्दछ । 

जसका लागि नेकपा माओवादी केन्द्रको १३, एमालेका १० र एकीकृत समाजवादीको १ सहित २४ सिटको स्पस्ट बहुमत रहेको छ ।


Author

थप समाचार
x