गण्डकी

केन्द्रको सत्ता गठबन्धनको असर: मुख्यमन्त्री पाण्डेले हटाए माओवादीका दुई मन्त्री

इकागज |
फागुन २२, २०८० मंगलबार १२:३९ बजे

काठमाडौँ  - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारमा सहभागी दुई मन्त्रीलाई हटाएका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका सुशीला सिंखडा र रमेश जुग्जालीलाई हटाएका हुन् । 

जुग्जाली भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री र सिंखडा सामाजिक विकासमन्त्री थिए । उनले यसलाई मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताए ।


केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेससँग सहकार्य तोडेर नेकपा एमालेसहितको नयाँ गठबन्धनबाट सत्तायात्रा सुरु गरेपछि  प्रदेशमा त्यसकै असर परेको हो । पाण्डे नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका हुन् ।


Author

थप समाचार
x