बागमती

बागमतीमा राप्रपा तटस्थ बस्ने

इकागज |
चैत १९, २०८० सोमबार १७:४९ बजे

हेटौंडा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेशमा तटस्थ बस्ने भएको छ ।

राप्रपाले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत दिने प्रक्रियामा तटस्थ बस्ने भएको हो । सोमबार प्रदेशसभाको बैठकमा बोल्दै राप्रपा संसदीय दलका नेता उद्धव थापाले आफूहरूले सबै दलसँग समदुरीमा बस्ने बताउँदै मतदान प्रक्रियामा तटस्थमा मतदान गर्ने बताएका हुन् ।


साथै थापाले यसको अर्थ सत्तामा जान खुट्टा उचाल्यो भन्ने नलगाउन आग्रह गर्दै १६ महिनामा मुख्यमन्त्रीले तीन पटक विश्वासको मत लिन लागेको व्यंग्य गरेका थिए ।
बागमती प्रदेशमा सभामुखसहित १३ सिट रहेको राप्रपा सरकार बाहिर रहेको छ ।

अहिले विश्वासको मतमाथि छलफल चलिरहेको छ र एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मतको पक्षमा मत दिने बताएका छन् ।
 


Author

थप समाचार
x