बागमती

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

इकागज |
चैत १९, २०८० सोमबार १८:२५ बजे

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । ​

उनलाई ५६ सांसदले विश्वासको मत दिएका हुन् । १०८ जना सांसदको उपस्थिति रहेको थियो ।


उनको पक्षमा ५६ र विपक्षमा ३७ मत खसेको छ । भने, दिन्न भन्ने पक्षमा १५ मत परेको छ । ११० सदस्यीय प्रदेशसभामा २ जना सांसद अनुपस्थित रहे ।

मुख्यमन्त्रीले विश्वासको मत माग्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्ने बताएको थियो ।

बागमतीमा सत्ता समीकरण दल एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् । बागमतीमा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद रहेका छन् ।


Author

थप समाचार
x