मधेश

मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए चौथोपटक विश्वासको मत

इकागज |
बैशाख ४, २०८१ मंगलबार २१:४९ बजे

फाइल फाेटाे

जनकपुर - मधेश प्रदेशका  मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपटक विश्वासको मत प्राप्त गरेका छन् ।

मुख्यमन्त्री यादवले सदनमा पेस गरेको विश्वासको मत प्रस्तावमा प्रदेशसभाका ६१ जना सदस्यले पक्षमा मतदान गरेका छन् ।


सदनमा विपक्षी दलले सदनमा बहिष्कार गरेका कारण विपक्षमा भने शून्य मत परेको छ । मतदानमा प्रदेशसभाका ६१ जना प्रदेशसभा सदस्यहरू सहभागी भएका थिए ।

मुख्यमन्त्री यादवको पक्षमा बहुमत अर्थात् ५३ भन्दा बढी मत प्राप्त भएकाले सदनको विश्वास मुख्यमन्त्री माथि रहेको घोषणा सभामुख रामचन्द्र मण्डलले गरेका छन् ।

 


Author

थप समाचार
x