मधेश

मधेशमा हुस्सुका कारण दिउँसै बत्ति बालेर सवारी साधन चलाउँदै

इकागज |
पुस २४, २०८० मंगलबार ९:५३ बजे

फाइल तस्बिर

रौतहट- बिहानैबाट लागेको बाक्लो हुस्सु र शितलहरका कारण रौतहटको जनजीवन प्रभावित भएको छ । 

बाक्लो हुस्सुका कारण सवारी साधानलाई दिउँसै बत्ति बालेर कुद्‌नुपर्ने अवस्था आएको छ । हुस्सु र शितलहरका कारण बिहानैबाट सर्वसाधारण घरबाट बाहिर निस्कन सक्न सकेका छैनन् । चिसोका कारण रौतहटको ग्रामिण जनजीवन प्रभावित भएको छ। 


दुई दिनबाट बढेको चिसोका कारण रौतहटसहित मधेशको जनजीवन प्रभावित भएको हो । रौतहटमा पर्ने पूर्वपश्चिम राजमार्ग र चन्द्रनिगाहपुर गौर सडक खण्डमा चल्ने सवारी साधानलाई बत्ति बालेर बिस्तारै कुदाउन निर्देशन दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख सुशील आर्चायले बताए ।

 


Author

थप समाचार
x