मधेश

बरहथवामा फेरि कर्फ्यू

इकागज |
पुस २२, २०८० आइतबार १३:३७ बजे

सर्लाही- सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार दिउँसोदेखि सोमबार बिहानसम्मका लागि कर्फ्यू जारी गरेको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जारी गरेको कर्फ्यूमा आइतबार दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्म कायम रहने उल्लेख छ ।


गत शुक्रबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । त्यसपछि पनि कर्फ्यू जारी गरिएको थियो ।   
 


Author

थप समाचार
x