कोशी

अहिलेको अवस्थामा मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नु उपयुक्त हुन्छ : उद्धव थापा

इकागज |
चैत २९, २०८० बिहीबार १९:३३ बजे

काठमाडौँ- नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले अहिलेको अवस्थामा मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नु उपयुक्त हुने बताएका छन् ।

बिहीबार विराटनगरमा सञ्‍चारकर्मीसँग कुरा गर्दै थापाले कोशीमा मध्यावधिको अवस्था आउन नदिन अल्पमतमा परिसकेपछि मार्ग प्रशस्त गर्न उपयुक्त हुने बताएका हुन् । सभापति थापाले सरकार चलाउन आफूसँग जतिबेला पनि बहुमत हुनुपर्ने संसदीय मूल्य मान्यतालाई पन्छाउन नमिल्ने धारणा व्यक्त गरे । उनले प्रदेश प्रमुखले विशेष अधिवेशन बोलाइसकेको अवस्थामा अधिवेशन फेस गर्नुको विकल्प नभएको र स्पष्ट रूपमा अल्पमतमा परेपछि मार्ग प्रशस्त गरेर सरकारविहीनताको अवस्था हटाउन आग्रह गरे ।


सभापति थापाले कोशी प्रदेशमा मध्यावधि निर्वाचनको अवस्था आउन नदिन र पटक पटकको सरकार परिवर्तन रोक्न सहमतिय सरकार आवश्यक रहेको बताए ।

त्यस्तै उनले मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा भइरहेको राजनीतिक घटनाक्रमबारे पार्टीलाई लिखित रूपमा जानकारी समेत नगराएको बताए । उनले मुख्यमन्त्री कार्कीले विश्वासको मत पनि नलिने र अल्पमतमा परेपछि राजीनामा पनि नदिने भन्ने विषयमा चाँडै नै पार्टीको बैठक र संसदीय दलको बैठक बसेर निर्णय गरिने जानकारी दिए ।


Author

थप समाचार
x