कोशी

राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशीले बदल्छ : मुख्यमन्त्री कार्की

इकागज |
पुस २६, २०८० बिहीबार १५:५९ बजे

फाइल तस्बिर

विराटनगर - मुख्यमन्त्री केदार कार्कीले राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशी प्रदेशबाटै परिवर्तन गर्ने बताएका छन् । अग्रसेन भवन विर्तामोड, झापाले बिहीबार आयोजना गरेको श्याम बाबा मन्दिरमा प्राण प्रतिष्ठाका लागि भारतको खाटु श्याम बाबाबाट दिव्य शिश र अखण्ड ज्योति ल्याउने समूहको विदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले व्यापारी सरकारको साझेदार नभई अंग भएको बताएका हुन् ।

'व्यवसाय, व्यवसायी, उद्योगी र ब्यापारीको परिभाषा कोशीले बदलेर ब्यवसायलाई सरकार बाहिर होइन सरकारभित्रको नै अंग भएको प्रमाणित गर्न सबैको सहयोग अपरिहार्य छ,' उनले भने, 'सरकार र उद्योगी, व्यवसायी एउटै हो, छुट्टै होइन । व्यवसायी सरकार बाहिर जानै सक्दैन । साझेदार हुनै सक्दैन ।' कोशी सरकार व्यवसाय मैत्री भएकाले सबैलाई हातेमालो गरेर प्रदेशलाई समृद्ध र आर्थिक रूपमा आत्मनिर्भर बनाउने अभियानमा सघाउन मुख्यमन्त्री कार्कीले आह्वान गरेका छन् ।


'सरकारले उद्योग, व्यवसाय क्षेत्रको उत्थान र विकासका लागि तालिम, प्रविधि हस्तान्तरण, पूँजी लगायत सहयोग गर्छ,' उनले भने, 'व्यवसायी सरकार भन्ला अलग हो, लुट्छ, कर छल्छ भन्ने बुझाइ कोशी सरकारले बदल्छ ।' यहाँका उद्योगी, व्यवसायीले धेरै भन्दा धेरै आमदानी गरेर धेरै भन्दा धेरै कर तिरेर सरकारलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुर्याउनु अपरिहार्य रहेको उनले बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले विदेशमा महंगो मूल्यमा श्रम बेच्ने श्रमिकमाथि औँलो उठाउने र अवहेलना गर्ने काम भइरहेको प्रति आपत्ति जनाएका थिए । 'हुनेखाने वर्गका छोराछोरी अस्ट्रेलिया, क्यानडालगायतका देशमा महंगो मूल्यमा श्रम बेच्दा सम्मान र खाँडी मुलुकमा श्रम बेच्नेलाई विमानस्थलमा लाम लागेको तस्बिर देखाएर अपमान गर्न मिल्छ ?,' उनले भने, 'यस्तो अपमानित व्यवहार गर्ने सोचमा सबैले परिवर्तन ल्याउनु आवश्यक छ किनकि जहाँ श्रमको मूल्य बढी हुन्छ त्यहाँ रोजगारीमा जाने पूरानो चलन रहेको सबै जननकार छौं । सबैले बुझ्नु पर्छ ।' 

 
 


Author

थप समाचार
x