कोशी

एमाले कोशीको नेतृत्व चयन गर्न मनोनयन दर्ता सुरु (फोटोफिचर)

बाबुराम भण्डारी |
असोज १३, २०८० शनिबार १७:३३ बजे

विराटनगर- नेकपा एमाले कोशी प्रदेश कमिटीको नेतृत्व चयनका लागि मनोनयन दर्ता सुरु भएको छ । नेतृत्वमा आकांक्षीहरूले निर्वाचन समितिबाट लिएको मनोनयन पत्र दर्ता सुरु भएको निर्वाचन समितिले जनाएको छ ।


२ सय १५ सदस्यीय प्रदेश कमिटीको नेतृत्व चयनका लागि अहिले ४:३० बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिए पनि निर्वाचन समितिले एक घण्टा ढिलो गरेर मनोनयन दर्ता सुरु भएको जानकारी गराएको छ ।अध्यक्षका लागि केन्द्रीय सदस्य विनोद ढकाल र एमालेका पुराना नेता घनश्याम खतिवडाबीच प्रतिस्पर्धा निश्चित भएको नेता कार्यकर्ताले बताएका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x