कोशी

कोशीमा तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त

मुख्यमन्त्रीसहित मन्त्रीहरूले शपथ लिँदै

बाबुराम भण्डारी |
भदौ २२, २०८० शुक्रबार १८:३० बजे

विराटनगर- कोशी प्रदेशको नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरूले अहिले प्रदेश प्रमुखको कार्यालयमा शपथ लिने तयारीमा छन् ।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीलाई मुख्यमन्त्री नियुक्ति गरिसकेका छन् ।


नवनियुक्त मन्त्रीहरूमा तिलकुमार मेन्याङ्बो उर्जा, सिँचाइ तथा जलश्रोत र स्वास्थ्य मन्त्रालय, पाँचकर्ण राई वन, वातावरण तथा पर्यटन र  उद्याेग भूमि व्यवस्था तथा कृषि र एकराज कार्की भौतिक पूर्वाधार विकास र सृजना राईलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गरिएको जनाइएको छ ।

सर्वोच्च अदालतको बिहीबारको परमादेश अनुसार नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।

सर्वोच्चको आदेश अनुसार प्रदेश प्रमुख खापुङ्गले शुक्रबार कार्कीलाई संविधानको धारा १६८ को उपधारा (३) को मुख्यमन्त्री नियुक्त गरेका हुन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x