राजनीति

दैलेख एमालेको पुनः अधिवेशन सकियो मतगणना जारी

लक्ष्मी भण्डारी |
चैत २, २०७८ बुधबार २०:४६ बजे

सुर्खेत – नेकपा एमाले दैलेखको आज पुनः अधिवेशन गरिएको छ । मतदान सकिएर मतगणना कार्य  सुरु भएको नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए । यसअघि पुस २३ गते भएकोे निर्वाचनका क्रममा फर्जी मत भेटिएपछि विवाद बढेको थियो । उतिबेला मतदाता भन्दा मतपत्र बढी भेटिएपछि आज पुनः मतदान गरिएको हो । 

गत पुस २४ गते बसेको एमालेको दैलेख जिल्ला कमिटीको १८ औं बैठकले पुस २३ गते भएका सबै प्रक्रिया खारेज गर्दै चैत १ र २ गते पुनः अधिवेशन गर्ने निर्णय गरेको थियो । यसअघि ७ सय २३ मतदातामध्ये ७ सय १७ जना मतदानमा सहभागी भएका थिए । तर मतपेटिकामा भने ७ सय ४८ मत भेटिएका थिए । यो पटकको अधिवेशन अन्तर्गत आज मतदान पनि सकिएको छ ।


‘पहिला भएको निर्वाचनको क्रममा मतदाताभन्दा मतपत्र बढी भेटिएकाले आज फेरी मतदान गरिएको हो’, उनले भने, ‘ मतदान सकियो भख्ररैबाट मतगणना पनि सुरू भयो ।’

अध्यक्ष शाहका अनुसार यो पटक पनि पुरानै उम्मेदवारहरुबीच प्रतिस्पर्धा भएको जानकारी दिए । उनका अनुसार जिल्ला अध्यक्षमा सूर्यबहादुर शाही र रवीन्द्रराज शर्मा उम्मेदवार छन् । उपाध्यक्ष प्रेमबहादुर बुढा र टोपबहादुर बिसी, सचिवमा रूद्रबहादुर शही र तिलक रिजाल उम्मेदवार छन् भने उपसचिवमा आठ जना उम्मेदवार छन् । 

दलिततर्फका महिला र खुला १५/१५ जना सदस्यहरू निर्विरोध भएको शाहले बताए । भूगोलतर्फको महिला र खुला सदस्यहरूको लागि पनि निर्वाचन भएको उनले बताए । यो पटकको निर्वाचनमा ७२३ जना मतदातामध्ये ६८४ जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी भएका छन् ।


Author

थप समाचार
x