राजनीति

समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यमा दरखास्त आव्हान

इकागज |
चैत २०, २०८० मंगलबार ११:९ बजे

फाइल तस्बिर

काठमाडौँ - संवैधानिक परिषद्ले राष्ट्रिय समावेशी आयोगको अध्यक्ष र  राष्ट्रिय महिला आयोगको सदस्य पदपूर्तिका लागि निवेदन आह्वान गरेको छ ।  

मंगलबार सूचना जारी गर्दै संवैधानिक परिषदको सचिवालय समावेशी आयोगमा अध्यक्ष पद र महिला आयोगको सदस्य पदका लागि निवेदन आह्वान गरेको हो । 


योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी १५ दिनभित्र आवेदन दिन परिषदको सचिवालयले अनुरोध गरेको छ ।

इच्छुक आवेदकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को वेभसाइत www.opmcm.gov.np को सूचना तथा समाचार खण्डभित्र उपलब्ध फर्म भरी विद्युतीय प्रतिसहित बुझाउन वा संवैधानिक परिषदको सचिवालयको इमेल- [email protected] मा पठाउन आग्रह गरेको छ । 
 
 


Author

थप समाचार
x