राजनीति

टुंगियो मन्त्रीको नाम : अर्थमा वर्षमान, गृहमा लामिछाने

जीवन कुँवर |
फागुन २३, २०८० बुधबार १३:५४ बजे

काठमाडौँ- नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ गठबन्धनमा मन्त्रालयको सिट संख्या लगभग टुंग्याएको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी नेपाल (जसपा) सम्मिलित चार दलीय कार्यदलमा भएको सहमतिअनुसार पुष्पकमल दाहाल प्रचण्ड सरकारको मन्त्रिमण्डलमा सिट संख्या लगभग टुंगिएको हो ।


सहमतिअनुसार एमालेले ८ र माओवादीले ५ मन्त्रालय पाएको छ । रास्वपाले ४ मन्त्रालय पाएको छ भने जसपाले २ मन्त्रालय पाएको छ ।

यो समाचार तयार पार्दासम्म अर्थमन्त्री र परराष्ट्र मन्त्री माओवादीको भागमा परेको छ । जसअनुसार माओवादीबाट वर्षमान पुन अर्थमन्त्री बन्दैछन् भने उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ बन्दैछन् । अरूमा छलफल चलिरहेको माओवादीका एक स्थायी कमिटी सदस्यले इकागजलाई जानकारी दिए ।

त्यसैगरी एमाले भने रघुवीर महासेठको नेतृत्वमा सरकारमा जाँदैछ । महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने सहमति जुटेको छ । अन्य मन्त्रालयमा को जाने भन्ने पार्टीभित्र छलफल जारी रहेको बताइएको छ ।

त्यस्तै रास्वपाका सभापति रवि लामिछाने उपप्रधानसहित तथा गृह मन्त्री बन्दैछन् ।

सुमना श्रेष्ठ शिक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री, डोलप्रसाद अर्याल (डिपी) श्रममन्त्री बन्ने सहमति जुटेको छ ।


Author

जीवन कुँवर

राजनीति तथा समसामयिक विषयमा कलम चलाउने कुँवर सिनियर करेस्पाेन्डेन्ट तथा डेस्क संयोजक हुन् ।


थप समाचार
x