राजनीति

नयाँ सरकारलाई अर्थमन्त्री आजै नियुक्ति गर्नुपर्ने बाध्यता

जीवन कुँवर |
फागुन २३, २०८० बुधबार ११:३ बजे

फाइल तस्बिर

काठमाडौँ- नयाँ सरकारलाई आजै अर्थमन्त्री नियुक्ति गर्नुपर्ने बाध्यता रहेको छ । बैठकमा आ.व. २०८१ /८२ का लागि बिनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल प्रारम्भ हुने पूर्व कार्यसूची अनुसार अर्थमन्त्री आजै नियुक्ति गर्नुपर्ने बाध्यता भएको हो ।

प्रतिनिधिसभाको बैठक बिहीबार (भोलि) बिहान ११ बजे बस्दैछ । उक्त छलफलमा सांसदको धारणा अर्थमन्त्रीले सुन्‍नुपर्ने हुन्छ । त्यसकारण अरू नभए पनि अर्थमन्त्री सरकारले आजै नियुक्ति गर्नुपर्ने बाध्यता छ ।


त्यस्तै अर्थमन्त्री नियुक्ति गर्न नसके भोलि बस्‍ने प्रतिनिधिसभा बैठक स्थगित गर्नुपर्ने हुन्छ । फागुन २१ गते पनि प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको थियो ।

त्यसोत सत्ता गठबन्धनका दलहरू सहमति जुटाएर आजै मन्त्रिपरिषद्‌ विस्तार गर्ने तयारीमा जुटेका छन् । मन्त्रालय भागबण्डा गर्न बनाइएको कार्यदलले सिफारिस गर्ने र आजै टुंगो लगाएर नयाँ मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी छ ।

कार्यदलले सिफारिस गरेपछि आजै सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने तयारी गरिएको नेकपा माओवादी केन्द्रका एक नेताले इकागजलाई जानकारी दिए । ति नेताका अनुसार शीर्ष नेताहरूको बैठकको समय भने तोकिएको छैन् । कार्यदलको बैठक आजै साढे ११ बजेदेखि बस्दैछ ।

र, यो पनि


Author

जीवन कुँवर

राजनीति तथा समसामयिक विषयमा कलम चलाउने कुँवर सिनियर करेस्पाेन्डेन्ट तथा डेस्क संयोजक हुन् ।


थप समाचार
x