राजनीति

मन्त्री उपस्थित नभएपछि शिक्षा समिति बैठक स्थगित

इकागज |
माघ १६, २०८० मंगलबार १४:५३ बजे

काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सरकारका मन्त्री उपस्थित नभएपछि स्थगित भएको छ ।

सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्न समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई बोलाएको थियो, तर मन्त्री उपस्थित नभएपछि बैठक प्रभावित भएको हो ।


बैठकमा समिति सदस्यहरूले विधेयकमाथिको छलफलमा सम्बन्धित मन्त्रीको उपस्थिति हुनुपर्ने बताएका थिए । मन्त्रीलाई उपस्थित गराएर मात्रै बैठक चलाउनुपर्ने सुझाव सदस्यहरूले दिएपछि बिहीबार बस्ने गरी बैठक स्थगित गरिएको हो । 


Author

थप समाचार
x