राजनीति

प्रधानमन्त्री दाहाल मुस्ताङमा (फोटो फिचर)

धनबहादुर गुरुङ |
कात्तिक १, २०८० बुधबार १०:३ बजे

जोमसोम । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' मुस्ताङ आएका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत प्रधानमन्त्री दाहाल बुधबार बिहानै जोमसोम विमानस्थलमा ओर्लिएका हुन् । 
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तन सम्बन्धी अन्तरक्रियामा सहभागी प्रधानमन्त्री दाहाल  आएका हुन् । उनी बिहानै हेलीमार्फत कोरला नाका भ्रमण गरेर अहिले अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन् । 
प्रधानमन्त्री दाहाल आज नै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।



Author

थप समाचार
x