दल

माओवादी त्यागेका कर्णालीका सांसद विष्ट एमाले प्रवेश गर्दै

लक्ष्मी भण्डारी |
चैत ६, २०७८ आइतबार १०:५६ बजे

सुर्खेत - कर्णाली प्रदेश सभा सदस्य, माओवादी पार्टी र प्रमुख सचेतकको जिम्मेवारीबाट राजीनामा दिएका ठम्मर विष्टले एमाले प्रवेश गर्दैछन् । आज दिउँसो वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिएको वृहत भेला कार्यक्रममा उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमालेका सांसद गुलाबजंग शाहले जानकारी दिए ।

‘आज हाम्रो सुर्खेतमा वृहत कार्यक्रम रहेको छ’ इकागजसँग सांसद शाहले भने, ‘सांसद ठम्मर विष्टलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।’ विष्टलाई नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल पार्टी प्रवेश गराउने कार्यक्रम रहेको शाहले जानकारी दिए ।


विष्टले फागुन २७ गते इमेलमार्फत प्रदेशसभा सचिवालयलाई राजीनामा पत्र पठाएका थिए । शुक्रबार कर्णाली प्रदेश सभाका सभामुख समक्ष प्रदेश सभा सदस्य छोडेको सनाखत गरेका बिष्ट त्यसको ठिक दुई दिन पछाडि नै एमाले प्रवेश गर्ने भएका हुन् ।

बिहीबार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठकले बिष्टलाई राजीनामा फिर्ता लिन र पार्टी काममा फर्कन निर्देशन दिए पनि उनले उक्त निर्देशन दिएपनि उनी माओवादीमा एकवद्ध हुन चाहेनन् । विष्टले पार्टीभित्र हुने विकृतिका कारण राजिनामा दिएको बताएका छन् । विष्ट सुर्खेत क्षेत्र नम्वर एकबाट निर्वाचित माओवादीका सांसद हुन् ।


Author

थप समाचार
x