दल

कांग्रेस प्रदेश २ उपसभापतिमा सिंह र यादव विजयी, महामन्त्रीमा विवाद

इकागज |
पुस ९, २०७८ शुक्रबार २१:५९ बजे

फाइल फोटो

जनकपुरधाम - नेपाली कांग्रेस प्रदेश २ को उपसभापतिमा संस्थापन पक्षका विरेन्द्र सिंह र चन्द्रशेखर यादव विजयी भएका छन् । महामन्त्री पदमा विवाद भएकाे कारण अहिले मत परिणाम सार्वजनिक हुन सकेकाे छैन ।

महामन्त्री पदमा अगाडि देखिएका कोइराला समूहका नरेश यादवलाई अन्तिम परिणामका बेला पछि पारिएको भन्दै कोइराला समुहका नेता कार्यकर्ताहरु मतगणना स्थल पुगेर होहल्ला गर्न थालेपछि विवादको स्थिती सिर्जना भएको छ ।


मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।   महामन्त्रीको पदमा उपेन्द्र कुमार यादव विजयी भएकाे भनिए पनि नरेश यादव र बृहस्पति कृष्ण श्रेष्ठको मत परिणाम बाझिएकाे छ ।

सहमहामन्त्री खुल्ला तर्फ दुई सिटका लागि भएको मतदानमा जय नारायण प्रसाद यादव र परशुराम चौधरी विजयी भएका छन् भने सहमहामन्त्री महिला तर्फ बिन्दु कुमारी यादव विजयी भएकी छन् । विजयी भएकाे औपचारिक घोषणा हुन भने बाँकी रहेकाे छ । 
 


Author

थप समाचार
x